१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ताप्लेजुङमा श्रीमानकाे कुटाईबाट श्रीमतीको मृत्यु


221
Shares

काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ मा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।

फुङ्लिङ–९ का ६५ वर्षीय बल बहादुर साँवाले आफ्नै श्रीमती ५४ वर्षीय कान्छीमाया लिम्बुलाई घरायसी बिबादमा कुटपिट गर्दा उनकाे घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगतै तत्काल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट गएको प्रहरी टोलीले साँवालाई पक्राउ गरेको छ ।