१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नागरिकता विधेयक राष्ट्रिय सभाबाट फिर्ता लिन पूर्वमुख्य सचिव पौडेलको आग्रह


3.614k
Shares

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्य सचिव लिलामणि पौडेलले प्रतिनिधिसभाले पारित गरेको नागरिकता विधेयक फिर्ता लिन राष्ट्रियसभालाई आग्रह गर्नुभएको छ ।

संसदीय समितिमा छलफल गरेर सुझावसहित सदनमा पुगेको नागरिकता विधेयक एकाएक फिर्ता लिएर समितिको सिफारिसलाई समेत उल्ट्याएर नयाँ विधेयक पेश पारित गर्नु आपत्तिजनक भएकाे उहाँको तर्क छ । नागरिकता जस्तो संवेदनशील विषयमा संसदमा छलफल समेत नगरी न्यून संख्यामा रहेका सांसदहरूको बहुमत भन्दै पारित गरिएकोप्रति पनि उहाँले आपत्ति जनाउनुभएको छ ।

वैकल्पिक शिक्त वा स्वतन्त्र रूपमा संसदमा जान लालायित ब्यक्तिहरूले समेत नागरिकता जस्तो राष्ट्रको सर्वाेपरी चासोको विषयमा धारणा प्रकट नगरेको भन्दै उहाँले उनीहरू संसदमा जान खोज्नुको औचित्यमाथि समेत प्रश्न उठाउनुभएको छ ।

राष्ट्रिय सभाले उक्त विधेयक फिर्ता गर्नुपर्ने र विधेयकमाथि ब्यापक बहस र छलफलपछि मात्रै अघि बढाउनुपर्ने उहाँले जोड दिनुभयाे ।