
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालबीच २५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धि संझौता भएको छ ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई ल्यावले २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । यो सम्झौता पश्चात् बैंकका ग्राहकहरुले बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालमा उपलब्ध हुने स्वास्थ्य सम्बन्धी सेवाहरुमा एकमुष्ठ २५ प्रतिशतको छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालले ललितपुरको ग्वार्को र काठमाण्डौंको सुकेधाराबाट सेवाग्राहीहरुलाई ल्याब सम्बन्धी सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्