
एजेन्सी । बलिउड अभिनेता मिथुन चक्रवर्तीले आफ्नो संघर्षका दिनहरूमा आत्महत्या गर्ने सोच समेत गरेका थिए ।
उनले आफ्नो सपना पूरा गर्न सक्दिनकी भन्ने डरले आत्महत्या गर्नेसम्मको मनस्थिति बनाएका थिए । ८० र ९० को दशकमा लाखौं व्यक्तिको मनमुटुमा राज गरेका मिथुनले व्यक्तिगत र व्यावसायिक जीवनमा थुप्रै उतारचढाव देखेका छन् ।
टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा मिथुनले भनेका छन्, ‘सामान्यतया म यसबारे कुरा गर्दिन र त्यस्तो कुनै विशेष चरण छैन्, जसको बारेमा म कुरा गर्न चाहन्न। संघर्षको दिनका कुरा नगर्दा राम्रो हुन्छ । किनभने, नयाँ अभिनेता–अभिनेत्रीहरू हतोत्साहित हुन सक्छन् । जो कोही पनि संघर्षको समयबाट गुज्रन्छन् । तर, मेरो संघर्ष धेरै छ ।’
उनले भनेका छन्, ‘कहिले काहीं मलाई लाग्थ्यो कि म आफ्नो उद्देश्य पूरा गर्न सक्दिन । मैले सुसाइड गर्ने बारेमा पनि सोचेको थिएँ । केही कारणले म कोलकाता (घर) फर्किन सकिंन,’ संघर्षपछि सफलता मिल्ने बताउँदै उनले अगाडि भने, ‘मेरो सल्लाह छ कि कहिल्यै पनि बिनासंघर्ष आफ्नो जिन्दगी सिध्याउँछु भनेर नसोच्नु । म जन्मजात योद्धा हुँ । मलाई थाहा छैन् कि कसरी हारिन्छ । अब हेर्नुहोस् म कहाँ छु ।’
मिथुन पछिल्लो पटक ‘द कस्मीर फाइल्स’ मा देखिएका थिए । यो फिल्म विवेक अग्नीहोत्रीले निर्देशन गरेका थिए । रिलिज भएको दुई सातामै फिल्मले २ सय करोडको व्यापार गरेको थियो । ३ सय भन्दा बढी फिल्ममा काम गरिसकेका उनले आज पनि कुनै नयाँ फिल्मको सुटिङ हुँदा आफू नर्भस हुने गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्