१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दै


104
Shares

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो ।

आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, तथ्यांक विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक छलफलका लागि प्रस्तुत् गर्ने कार्यसूची रहेको छ ।

यी विधेयक आजै पारित गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।