१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पछिल्लो तीन महिनामा ७७ अर्ब रुपैयाँ लगानीका उद्योगलाई स्वीकृति


91
Shares

काठमाडौं । उद्योग विभागले पछिल्लो तीन महिनामा करिब ७७ अर्ब रुपैयाँ बराबर लगानीको प्रस्तावलाई स्वीकृत गरेको जनाएको छ । जसमा २० अर्ब ३३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ भने करिब ५७ अर्ब रुपैयाँ स्वदेशी लगानी रहेको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को वैशाखदेखि असारसम्म जम्मा १७ अर्बमात्र लगानी प्रस्ताव आएकोमा यसपटक ६० अर्बभन्दा बढीको लगानी प्रतिबद्धता थपिएको हो ।

अघिल्लो आर्थिक वर्षको अन्तिम तीन महिनामा भन्दा गत आर्थिक वर्षको अन्तिम तीन महिनामा कुल लगानी स्वीकृति ११९ प्रतिशत र यसमध्ये बाह्य लगानी प्रतिबद्धता ६८ प्रतिशतले बढेको हो ।

यस्तै अघिल्लो आर्थिक वर्षमा २०३ वटा उद्योग दर्ता भएकोमा गत आर्थिक वर्ष उद्यो दर्ता संख्या ३०९ पुगेको छ ।