२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माओवादी केन्द्रको पदाधिकारी चयन निर्वाचनपछि


351
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी चयन आसन्न संसदीय निर्वाचनपछि मात्रै हुने भएको छ ।

समाजवादी केन्द्र निर्माणको वहसका कारण पदाधिकारी चयनमा ढिलाइ भएको माओवादीले जनाएको छ ।

पदाधिकारी नहुँदा पार्टीका कामकारबाहीमा कुनै अवरोध नभएको र अझै गृहकार्य आवश्यक रहेकाले पनि निर्वाचनअघि हुने सम्भावना नरहेको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले इच्छा नदेखाएका कारणले समेत पदाधिकारी चयनमा अलमल भइरहेको आरोप लाग्दै आएको छ । महाधिवेशन भएको ६ महिना बित्दा पनि माओवादीले पदाधिकारी टुंग्याउन सकेको छैन ।

माओवादी केन्द्रको विधानले एक अध्यक्ष, एक महासचिव, एक वरिष्ठ उपाध्यक्ष र ६ उपाध्यक्षको व्यवस्था गरेको छ । विधान अनुसार दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहनेछन् ।

माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष तोकेको छ । महासचिवमा पुन वा जनार्दन शर्मामध्ये कसलाई रोज्ने भन्नेमा अध्यक्ष प्रचण्डमा हुनुहुन्छ ।