१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उर्जन श्रेष्ठ यू–१७ फुटबल टोलीको मुख्य प्रशिक्षक


182
Shares

काठमाडौं । ‘ए’ डिभिजन क्लब थ्री स्टार क्लबका प्रशिक्षक उर्जन श्रेष्ठ यू–१७ फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक श्रेष्ठलाई यू–१७ टोलीको जिम्मेवारी दिएको हो ।

एन्फा अन्तर्गतको एन्फा एकेडेमीमा हाल कुनै खेलाडी नरहेकाले यू–१७ टोली खुल्ला छनोटमार्फत भइरहेको छ ।

खुल्ला छनोट साउन ९ देखि एन्फा कम्प्लेक्सको खेल मैदानमा सुरु भएको हो । श्रेष्ठले सन् २०१६ मा एएफसी ‘ए’ लाइसेन्स प्राप्त गरेका थिए ।

हाल थ्री स्टारको प्रशिक्षक रहेका प्रशिक्षक श्रेष्ठले यसअघि ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई बी डिभिजनबाट ए डिभिजनमा उकालेका थिए । उनले ए डिभिजनमा बिबिसी पनि सम्हालेका थिए ।

त्यसअघि उनले च्यासललाई सी डिभिजनमा प्रशिक्षण दिएका थिए । खेलाडीको रुपमा श्रेष्ठले तीनपटक घरेलु फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेका छन् ।