
काठमाडौं । प्रि–सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्स बराबरीमा रोकिएका छन् ।
अमेरिकाको टेक्ससमा बुधबार बिहान भएको खेलमा बार्सिलोना र युभेन्ट्स २–२ गोलको बराबरीमा रोकिएका हुन् ।
बार्सिलोनाका लागि दुवै गोल ओसुमाने डेम्बेलेले गरेका हुन् भने युभेन्टसका लागि दुवै गोल मोइस किनले गरे ।
खेलको ३४ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा मोइसले गोल गर्दै युभेन्ट्सलाई १–१ को बराबरीमा ल्याए । ४० औं मिनेट डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पुनः २–१ को अग्रता दिलाए । तर, ५१ औं मिनेटमा मोइसले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २–२ को बराबरीमा फर्काए ।
त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल २–२ गोलको बराबरीमा सकियो ।
प्रतिक्रिया दिनुहोस्