
काठमाडौं । काठमाडौंमा एक सातादेखि थुप्रिएको फोहोर भोलि बिहीबारदेखि उठाइने भएको छ ।
काठमाडौं महानगरपालिकाले ल्याण्डफिल साइट जाने सडक मर्मतका लागि भन्दै एक सातादेखि फोहोर नउठाएकोमा बिहीबारदेखि पुनः फोहोर उठाइने जानकारी दिएको हो ।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै बिहीबार बिहान ६ बजेदेखि नै फोहोर संकलनका लागि अतिरिक्त जनशक्तिसहित गाडीहरु पठाउने भन्दै पायक पर्ने ठाउँसम्म फोहोर पुर्याउन आग्रह गरेको छ ।
महानगरपालिकाले ल्याण्डफिल साइटसम्म पुग्ने सडक कालोपत्रे गर्ने काम सकिएकाले अब नियमिति रुपमा फोहोर पठाइने पनि जनाएको छ ।
यही साउन ४ गते महानगरपालिकाले सडक मर्मतका लागि भन्दै एक साता फोहोर संकलन नहुने जनाएको थियो । साउन १ गतेदेखि महानगरपालिकाले कुहिने र नकुहिने छुट्याएर फोहोर संकलन गर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्