
धनकुटा । जिल्लाम गत आर्थिक वर्ष २०७८/७९ मा ६ सय ७७ वटा उद्योग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयमा बुधबार भएको बार्षिक समीक्षा गोष्ठीमा ५ सय १६ साना र १ सय ६१ वाणिज्य उद्योग दर्ता भएको जानकारी दिइएको हो ।
जसमा उत्पादन मुलक २४, कृषि तथा वनजन्य ३ सय ९१, पर्यटन सम्बन्धी ४८, सेवामुलक उद्योग ४७ र सूचना प्रविधिको एउटा रहेको कार्यालय प्रमुख ईश्वर थापाले जानकारी दिनुभयो ।
यी उद्योग दर्ताबाट ३५ लाख ४३ हजार ९ सय ६० रुपैयाँ राजश्व संकलन भएको प्रमुख थापाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्