२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


‘जनकपुर चुरोट कारखाना सञ्चालन हुन्छ’


78
Shares

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताएका छन् ।

मन्त्री बडुले जनकपुर चुरोट कारखाना पुन सञ्चालनमा ल्याउनको लागि निजी क्षेत्र र प्रदेश सरकारसँग पनि समन्वय गर्ने बताए ।

बुधबार उद्योगमन्त्री बडुले विगत लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरिक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारको स्वामित्वमा सञ्चालन भइ नाम कमाएर पनि बन्द भएको चुरोट कारखानाका मेसिनहरूको अध्ययन गरेर उपयोगमा आउने मेसिनलाई सञ्चालनमा ल्याउने बताए ।

मन्त्री बडुले सरकारले राष्ट्रिय उत्पादन बढाउनका निम्ति भएका उद्योगहरूको क्षमता वृद्धि गर्ने, पूर्ण क्षमतामा चलाउने, नयाँ उद्योग खोल्ने र रुग्ण उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।