
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज बिहीबार फेरि नेपाल आउँदै हुनुहुन्छ ।
एमसीसी नेपालको संसदबाट अनुमोदन गराउन विशेष भूमिका खेल्नुभएका लु नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको अवस्थामा उहाँ नेपाल आउन लाग्नुभएको हो ।
बिहीबार नेपाल आइपुगेपछि उहाँले दुई दिन बिताउनुहुनेछ ।
उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको बताइएको छ । अन्य राजनीतिक भेटघाटबाट कुनै जानकारी बाहिर आएको छैन् ।
उहाँ यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आउनुभएको थियो । त्यो बेला उहाँले विभिन्न दलका शीर्ष नेताहरुसँग पनि भेटघाट गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्