
काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ को ‘ईश्वरसँग पनि’ बोलको गीत सार्वजनिक भएको छ ।
अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर रहेको छ ।रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री केकी अधिककारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट र हिँउवाला गौतमको अभिनय रहेको छ । । फिल्मको यसअघि सार्वजनिक गीत आगो बिना बिँडी जल्दैनले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि यो गीतले पनि दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमले राखेको छ ।
कपनगडी सिनेमा र फिल्म क्रियू नेपालको ब्यानरमा निर्माण भएको फिल्ममा संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाल लगायतका कलाकारको पनि अभिनय रहेको छ । भिमनिधि तिवारीद्वारा लिखित‘झिँगेदाउ’कथामा आधारित फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । बिष्णु कल्पितको छायांकन रहेको फिल्ममा सम्पादक मित्र डि गुरुङले गरेका छन् । ।
सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मको सह निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् । निर्देशक देउजाले फिल्मलाई स्तरीय बनाउन आफूले सकेको प्रयास गरेको बताए । आगामी भदौ १७ गतेबाट फिल्म देशभर प्रदर्शनमा आउने छ ।
प्रतिक्रिया दिनुहोस्