२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


घोराही तुलसीपुरको चार लेन सडक निर्माण सम्पन्न गर्न सांसद देवकोटाले गराइन् सरकारको ध्यानाकर्षण


3.913k
Shares

काठमाडौं । राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले घोराही तुलसीपुरको चार लेन सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद देवकोटाले घोराही तुलसीपुरको चार लेन सडक सुचारु नहुँदा जनताले सास्ती भोग्नुपरेको बताउनु भयो । उहाँले तोकिएको समयमा सम्पन्न नभई म्याद थपिएको मिति समेत सकिन लाग्दा पनि निर्माण सम्पन्न नभएको भन्दै सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवकोटाले सडकमा रहेका खाल्डाखुल्टी र निर्माणाधिन पुलका कारण सो सडकखण्ड मृत्युमार्ग बनेको बताउनुभयो ।