
काठमाडौं । राष्ट्रिय सभाकी सांसद दिलकुमारी रावल थापाले प्रधान सेनापति अस्ट्रेलियामा भएको कार्यक्रममा सहभागि भएको सम्बन्धमा सरकारको जवाफ माग गर्नुभएको छ ।
बिहीबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले कोभिड–१९ को संक्रमण बढिरहेकोतर्फ सरकारलाई सचेत गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘अस्ट्रेलियाको मेलर्वनमा भइरहेको आइपिएसको कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति सहभागि भएको भन्ने समाचार बाहिर आएको छ । कुरा के हो ? एकातिर आइपिएसको कार्यक्रममा सहभागि नहुने सरकारको निर्णय, अर्कोतिर सेनापति सहभागि हुने सरकारको दोहोरो नीति के हो ? म सरकारबाट स्पष्ट जवाफ चाहन्छु ।’
सांसद दिलकुमारीले कोभिड–१९ को नयाँ भेरियन्ट बढिरहेका बेला सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोभिड–१९ को नयाँ भेरियन्ट बढीरहेको सन्दर्भमा एकातिर स्वास्थ्य मापदण्ड कमजोर भइरहेको छ, अर्कोतिर भ्याक्सिन डेट स्पायर भइरहेको छ । यसतर्फ सरकार गम्भिर हुन म आग्रह गर्न चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस्