२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आगामी निर्वाचनमा कांग्रेससँग सहकार्य हुन्छ, गठबन्धन निरन्तर जान्छ : अध्यक्ष दाहाल


325
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी संघीय निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य हुने र हालको गठबन्धन निरन्तर जाने बताउनुभएको छ ।

बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै दाहालले एमालेसँग भने सहकार्य सम्भव नभएको बताउनुभएको हो ।

बैठकमा प्रचण्डले समाजवादी मोर्चा निर्माणमा भएको प्रयासबारे पनि जानकारी दिनुभएको थियो । हालको गठबन्धन भित्रकै वापमन्थी दलहरूबीच मोर्चा बन्ने भए पनि पार्टी एकता संयोजन समितिबारे कुरा नटुंगिएको बताउनुभइको छ ।

पोलिटब्यूरो समितिका नाम र स्थायी समितिलाई पूर्णता दिनेबारे छलफल गर्न भोलि पनि बैठक बस्ने बताइएको छ ।

यसअघि बैठकमा पार्टी नेताहरूले पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुंगो लगाएर जानुपर्ने माग राखेका छन् । बैठकमा नेताहरूले आफ्नो धारणा राख्नेक्रममा पदाधिकारी सहित सम्पूर्ण कमिटी टुंगो लगाउन दवाव दिएका हुन् ।

बैठकमा नेताहरू पाँच दलीय गठबन्धनको लाभ र नोक्सानी, समाजवादी केन्द्र निर्माण, आगामी संघ र प्रदेशको चुनावी रणनीति सहित समसायमयिक विषयमा धारणा राखेको स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिुनभयो ।