१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशमा सुशासन छैन भन्दा पनि हुन्छ : डा.शेखर कोइराला


286
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको दाबी गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित डा. दीपकप्रकाश बास्कोटाद्वारा लिखित निष्ठाको यात्रा नामक कृतिको लोकार्पण एवं वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता कोइरालाले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताउनुभयो । उहाँले अहिलेका राजनीति कर्मीहरु जनताबाट धेरै टाढा भइसकेको बताउनुभयो ।

नेता कोइरालाले राजनीतिक गर्नेहरूले जनतासँग जोडिन आवश्यक रहेको बताउनुभयो । जनतासँग जोडिन कन्जुस्याईं गर्दा जनताले राजनीतिको फाइदा लिन नसक्ने उहाँले जिकिर गर्नुभयो ।

नेता कोइरालाले अहिले देशको परिस्थिति अफ्ठ्यारो रहेको भन्दै सरकारको अहिलेको गति र काम गर्ने शैली सही नभएको बताउनुभयो । आलस्य गरेर सत्ता सञ्चालन गर्दा देशको स्थिति कहीँको नरहने बताउनुभयो ।