
काठमाडौं । विवेकशील साझा पार्टीका केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिका सभापति समेत रहेका केन्द्रीय सदस्य दिपक प्रसाद उप्रेतीले पदबाट राजीनामा दिनुभएको छ ।
पार्टीको पछिल्ला विकसित घटनाक्रमले निराश बनेका उप्रेती पछिल्लो समय पर्ख र हेरको अवस्थामा हुनुहुन्थ्यो ।
२०७५ फागुनमा पार्टीको औपचारिक सदस्यता लिनुभएका उप्रेती मध्यपूर्वको सद्भाव समूहको संयोजक, हुँदै २०७७ असोजमा केन्द्रीय सदस्यमा मनोनित हुनुभएको थियो । उप्रेती पार्टीका आन्तरिक विवादहरूमा तटस्थ रहँदै आउनुभएको थियो ।
उप्रेतीले स्थानीय तह निर्वाचनमा लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्नुभएको थियो ।
पार्टी अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएको लामो समय बितिसक्दा पनि नयाँ अध्यक्ष नियुक्त गर्न नसकिरहेको अवस्थामा पार्टीको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका उप्रेतीको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्