१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


युक्रेनकाे कारागारमा घाइते भएकाको उद्धार गर्न आईसीआरसीको प्रस्ताव


156
Shares

काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले युक्रेनी युद्धबन्दीलाई राखिएको स्थानमा भएको आक्रमणमा परी घाइते भएकाहरूको उद्धार गर्न प्रस्ताव गरेको छ ।

पछिल्लाे महिनामा रुसले युक्रेनमा आक्रमण गरिरहँदा भएका आक्रमणमा कयौं कैदीबन्दीको मृत्यु भएको छ । बिहिबार रुस समर्थित पृथकतावादीहरूको कब्जामा रहेको डोनट्रस्क प्रान्तको एक भागमा फ्रन्टलाइन शहर ओलेनिभकाको जेलमा भएको आक्रमणमा ४० कैदीबन्दीको मृत्यु भएको थियो भने ७५ जना घाइते भएका थिए ।

रुसले युक्रेनका अन्य कारागारमा समेत बम आक्रमण गर्दा कैदीबन्दीहरू सुरक्षित नभएको भन्दै आईसीआरसीले घाइतेहरूको उद्दार गर्न प्रस्ताव गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । मस्को र किभले एक अर्कालाई दोषी देखाउँदै लगातार मिसाइल आक्रमण गर्दा कैदीबन्दी रहेको भवन क्षतिग्रस्त भएको छ ।

सोही आक्रमणमा परेर दर्जनौं युक्रेनी कैदीबन्दीकाे मृत्यु भएको समाचारमा जनाइएको छ । आईसीआरसीले घाइतेहरूलाई बाहिर निकाल्न र चिकित्सा आपूर्ति, सुरक्षा उपकरण र फोरेन्सिक सामाग्री सहयोग गर्ने प्रस्ताव पनि गरेको छ । घाइतेहरूको उचित उपचार आफ्नो प्राथमिकता भएको भन्दै आईसीआरसीले अन्य मानवीय सहायताका लागि विभिन्न दातृ निकायहरूसँग पनि आग्रह गरेको छ ।