२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिटीलाई हराउँदै लिभरपुलले जित्यो कम्युनिटी सिल्ड


143
Shares

काठमाडौं । म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा सिटीलाई ३–१ ले हराउँदै लिभरपुलले उपाधि जितेको हो ।

लिभरपुलका लागि ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोम्हमद सलाह र डार्विन नुनेजले एक एक गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले एक गोल फर्काए ।

खेलको २१ औं मिनेटमा आर्नोल्डले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, ७० औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई १–१ को बराबरीमा ल्याए । ८३ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा नुनेजले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।