१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


साफ यु-२० च्याम्पियनसिपमा भारतसँग नेपाल ८-० ले पराजित


234
Shares

काठमाडौं । साफ यु-२० च्याम्पियनसिप फुटबलमा नेपालले साविक विजेता भारतविरूद्ध लज्जास्पद हार ब्यहोरेको छ ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा आइतबार राति भएको खेलमा भारतले नेपाललाई ८–० ले पराजित गरेकाे हाे । भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोई र टाइसन सिंहले २ -२ गोल गरेका थिए । त्यस्तै हिमान्सु जान्ग्रा, टन्कधर बाग, गुर्किरात सिंह र सुभो पाउलले १-१ गोल थपेका थिए ।

पहिलो हाफमा १ गोल मात्रै गरेको भारतले दोस्रो हाफमा ७ गोल थपेको हो । जारी प्रतियोगितामा नेपालको यो पहिलो हार हो भने भारतको दोस्रो जित हो । यो खेलसँगै फाइनल प्रवेशको दौड कठिन बनेको छ । समूहका तीन खेलबाट ९ अंकसहित बंगलादेश शीर्ष स्थानमा रहेको छ ।

भारत र नेपालको समान ६–६ अंक रहेकाे छ । अब प्रतियोगिताको फाइनलमा पुग्न नेपालले समूहको अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्ने हुन्छ ।