
स्याङ्जा । जिल्लामा एक वर्षमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।
स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष २०७८/०७९ मा दर्ता भएका चार सय ६१ मुद्दामध्ये तीन सय ७१ फर्छ्यौट भएको छ ।
अदालतमा अन्य मुद्दाभन्दा तुलनात्मक रूपमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने क्रम बढ्दै गएको स्रेष्तेदार विश्वप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार ९० मुद्दा फर्छ्यौट हुन बाँकी छ ।
वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग, सञ्चारमाध्यम, आर्थिक अभाव, घरायसी समस्या, लागुऔषधले निम्त्याएको समस्या, घरेलु हिंसालगायतका कारणले सम्बन्धविच्छेदका घटना बढ्दै गएको उहाँले बताउनुभयो ।
अदालतले गत आर्थिक वर्षमा ६३.११ प्रतिशत मुद्दा फर्छ्यौट गरेको रेग्मीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्