
नवलपरासी । जिल्लामा संकलन भएको मतदाता नामावली संकलनमा मतदाताको उत्साहजनक सहभागिता रहेको छ ।
फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन टाढा–टाढाबाट मतदाता आउन थालेका छन् । स्थानीय तह निर्वाचनमा धेरैको नाम दर्ता हुन नसकेको गुनासो बढेपछि निर्वाचन आयोगले असार १ बाट दर्ता प्रक्रिया सुरु गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय गरी ३ स्थानबाट मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी निश्चल मोक्तानले जानकारी दिनुभयो ।
कुल ६ हजार ६ सय ४७ जनाले मतदाता नामावलीमा नाम दर्ता गरी सकेको उहाँले बताउनुभयो । नेताहरुले गाउँ गाउँमा गाडि पठाएर नामावाली दर्ताका लागि मतदाता पठाउने गरेका छन् ।
केही मतदाता भने आफैं नामावली दर्ताका लागि आउने गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी मोक्तानले जानकारी दिनुभयो ।
गत स्थानीय निर्वाचनमा जिल्लामा २ लाख ४४ हजार ३ सय ३९ मतदाता रहेका थिए । अहिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मिति प्रस्ताव गरेको छ ।
निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्ता नगरिने हुँदा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा अगाडि आयोगले नामावली संकलन र अद्यावधिक गर्न सुरु गरेको हो ।
प्रतिक्रिया दिनुहोस्