
काठमाडौं । प्रेमकथामा आधारित आकाश श्रेष्ठ र रेखा शाहद्वारा अभिनित फिल्म ‘हिंड्दा हिंड्दै’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । मिलन आले मगरको निर्देशनमा सुशील पंगेनीले निर्माण गरेको फिल्मको पोस्टर सोमबार सार्वजनिक गरिएको हो ।
नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा विमल श्रेष्ठको प्रस्तुति रहेको फिल्ममा आकाश र रेखाका साथमा सलोन बस्नेत, सानिया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापा मगर, ममता पौडेल र बालकलाकार अर्विन थिङले अभिनय गरेका छन् ।
रेखाले यो फिल्मबाट डेब्यु गर्दैछिन् । राजकुमार थिङ निर्माता रहेको फिल्मको सहनिर्मातामा केबी सुब्बा, प्रमोदकुमार तामाङ र महादेव साह छन् । फिल्ममा कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन र नवीन निरौलाको सम्पादन रहेको छ । फिल्म लिलामान तण्डुकारले खिचेका हुन् ।
फिल्म आगामी माघ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्