
काठमाडौं । कर्णाली प्रदेश सरकारले नाग पञ्चमी पर्वका अवसरमा आज मंगलबार सार्वजनिक बिदा दिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै मंगलबार सार्वजनिक बिदा दिएको हो ।
प्रदेश मन्त्रिपरिषद्को निर्णयानुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का अवसरमा सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।
प्रदेश मन्त्रिपरिषद्को २०७८ चैत २९ मा बसेको बैठकले प्रदेश सरकारले २०७९ सालमा दिने बिदासम्बन्धी निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्