१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


क्षतिपूर्ति तिर्न हलिउड अभिनेत्री एम्बरले घर बेचिन्


6.578k
Shares

एजेन्सी । हलिउड अभिनेता जोनी डेप र हलिउड अभिनेत्री एम्बर हर्ड आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छन् । पछिल्लो समय हर्डले क्षतिपूर्तीका लागि आफ्नो घर बेचेर चर्चामा आएकी अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

वास्तवमा हर्डले पूर्वपति डेप विरूद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन् । त्यसपछि अभिनेता डेपले हर्ड विरूद्ध मानहानीको मुद्दा दायर गरे । यस मुद्दामा डेप विजयी भए र अदालतले हर्डलाई १० मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दियो । केही दिनपछि अदालतले यस विषयमा फेरि हस्तक्षेप गर्दै क्षतिपूर्ति भराउन लिखित आदेश दिएको थियो ।

समाचारमा उल्लेख अनुसार हर्डले क्षतिपूर्ति भराउन क्यालिफोर्नियाको मरुभूमि, युक्का भ्याली ई स्टेटमा रहेको आफ्नो सम्पत्ति बेच्ने सम्झौता गरेकी छन् । सम्पत्ति ६ ​​एकडमा फैलिएको छ, तीन शयनकक्ष र तीन बाथरूमको साथ । उनले यो सम्पत्ति १.५ मिलयिन डलरमा बेचेकी हुन् ।

डेप-हर्ड मुद्दामा न्यायाधीशले आधिकारिक रूपमा क्षतिपूर्ति रकम घोषणा गर्दै पत्र जारी गरेका थिए । उनले आफ्नो आदेशमा दुवै जनाले आ-आफ्नो रकम छिट्टै भर्नुपर्ने लेखेका छन् । जसमा डेपको छवि बिगारेको आरोपमा अदालतले हर्डलाई १० मिलियन डलर तिर्न भनेको थियो । योसँगै डेपले हर्डलाई २० लाख डलर दिन पनि आदेश दिएको थियो ।

हर्डले डेपविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन् । त्यसपछि अभिनेताले हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । हर्डले डेपविरुद्ध दुर्व्यवहार र मानसिक उत्पीडनको दाबी गरेकी थिइन् । हर्डले अदालतको निर्णयलाई निराशाजनक भनेर टिप्पणी गरेकी थिइन् । निर्णयले आफ्नो मन टुटेको उनले बताएकी थिइन् ।