
एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला आफ्नो फेसनलाई लिएर निकै चर्चामा छिन् । जहाँ उनले आफ्नो बेबी बम्प लुकाउने पहिरन लगाएकी छन् ।
अभिनेत्री भट्ट गर्भवती भएको खबर आएपछि उनको तस्वीर र फोटोसुटहरू एकाएक समाजिक सञ्जालमा भाइरल भइरहेको छ । नायिकाको सौन्दर्य देखेर सबैले उनको तारिफ गरिरहेका छन् ।
गंगुबाई काठियावाडीको सफलतापछि आलियाले अभिनेता रणवीर कपूरसँग विवाह गरिन् । विवाह भएको केही महिनामा नै यो जोडीले आमा, बुबा बन्न लागेको खबर सार्वजनिक गरे । सबैलाई लागेको थियो आलियाले अब करियरबाट ब्रेक लिनेछिन् । तर अभिनेत्री पूर्णतया आफ्नो काममा मग्न छिन् ।
हलिउड फिल्म ‘हार्ट अफ स्टोन’ र बलिउड फिल्म ‘रकी रानीको प्रेम कहानी’ छायांकन सकिएपछि आलिया आफ्नो होम प्रोडक्सन फिल्म डार्लिङ्सको प्रमोशनमा व्यस्त छिन् । आलिया अहिले गर्भावस्थाको पहिलो त्रैमासिकमा छिन्, त्यसैले स्पष्ट रूपमा उनको बेबी बम्प देखिन्छ।
यसलाई लुकाउन नायिकाले लुज कपडा (ठूलो) लगाएकी छिन् । बेबी बम्प लुकाउन आलियाले आफ्नो फेसनमा परिवर्तन गरेकी छिन् । छोटो कपडामा देखिने आलिया आजकल सामान्य कपडा लगाउन थालेकी छन् । उनले शरारा सूट छनोट गरेकी छिन्, जसमा उनी निकै सुन्दर देखिएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्