१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिम प्रदेशसभाका पदाधिकारी तथा सदस्यकाे पारिश्रमिक र सुविधा थप हुने


143
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा थप हुने भएको छ ।

बुधबार प्रदेशसभा बैठकबाट ‘प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०७९’ बहुमतले पारित भएसँगै उनीहरूको पारिश्रमिक र सेवासुविधा थप गर्ने बाटो खुलेको हो ।

सभामुख अर्जुनबहादुर थापाले विधेयक बहुमतले पारित भएको जानकारी दिनुभयो । आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले सभामा विधेयक पारितका लागि प्रस्ताव पेश गर्नुभएको थियो ।

प्रदेशसभाका उपनेता, प्रमुख सचेतक, सचेतक, सदस्यलाई सुविधा थप गर्दा प्रदेश सरकारले आर्थिक भार बढाउने भन्दै विधेयकमाथिको दफाबार छलफलमा प्रतिपक्षी दलहरूले विधेयकमाथि असहमति जनाएका थिए ।