८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मंसिर ४ गतेलाई अर्जुनदृष्टि लगाएर काम गर्छौं : प्रमुख निर्वाचन आयुक्त थपलिया


130
Shares

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गतेलाई अर्जुनदृष्टि लगाएर काम गर्ने बताउनुभएको छ ।

आयोगद्वारा बिहीबार गरिएको पत्रकार सम्मेलनमा थपलियाले मंसिर ४ गतेलाई ध्यान दिएर आफूहरूले काम गर्ने बताउनुभयो । उहाँले आफूहरूले दिएको परामर्शअनुसार नै सरकारले निर्वाचन घोषणा गरेको जिकिर गर्नुभयो ।

निर्वाचन आयोगले सरकारलाई एक महिनाअघि परामर्श दिएसँगै आयोग आन्तरिक तयारीमा जुटिसकेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।

उहाँले स्थानीय निर्वाचनमा भएका कमजोरीहरूलाई सच्याएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मृत्यु भएका मानिसहरूको नाम पनि मतदाता नामावलीमा भएको गुनासो आएकाले त्यसलाई पनि सम्बोधन गरिने उहाँको भनाइ छ ।

पत्रकार र सञ्चारकर्मीहरूलाई सहज सूचना उपलब्ध गराउन प्रेस अफिस स्थापना गर्ने आयोगले जनाएको छ ।