६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि आयोजक भारत र बंगलादेश भिड्दै


494
Shares

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज शुक्रबार भारत र बंगलादेश भिड्दैछन् ।

भारतको भुवनेश्वरमा जारी प्रतियोगिताको फाइनल खेल आज साँझ कालिंगा रंगशालामा हुनेछ ।

लिग चरणमा शिर्ष स्थानमा रहँदै बंगलादेश तथा दोस्रो स्थानमा रहँदै भारत फाइनलमा पुगेका हुन् ।

तेस्रो भएको नेपाल भने समुह चरणबाटै बाहिरिएको थियो ।

समुहको खेलमा बंगलादेशले भारतलाई २–१ ले हराएको थियो । शुक्रबार भारतलाई उक्त हारको बदला लिने अवसर रहेको छ भने बंगलादेश सोही परिणाम दोहोर्‍याउदै उपाधि उठाउन चाहन्छ ।

प्रतियोगितामा बंगलादेश, भारत, नेपाल, माल्दिभ्स र श्रीलंकाको सहभागिता रहेको थियो । सन् २०१९ मा भएको प्रतियोगितामा पनि फाइनलमा बंगलादेशलाई २–१ ले हराएर भारतले उपाधि जितेको थियो ।