
काठमाडौं । नेपाली कथानक फिल्म ‘म’ आज शुक्रबारबाट प्रदर्शन भएको छ भने फिल्म ‘चपली हाइट–३’ पनि पुनः प्रदर्शनमा आएको छ ।
कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्म ‘म’ मा निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रासाईली लगायतका कलाकारको अभिनय छ ।
प्रकाश पुरीको कथा, पटकथा रहेको फिल्मको निर्देशन सुवर्ण थापाले गरेका हुन् ।
एक आपराधिक घटनासँग जोडिएका र अनुसन्धानमा जुटेका पात्रहरूलाई सेरोफेरोमा राखेर फिल्म निर्माण गरिएको छ । फिल्मलाई सस्पेन्स थ्रिलर विधामा रहेर बनाइएको छ ।
यससँगै गत पुस ३० गते प्रदर्शनमा आएको चलचित्र ‘चपली हाइट–३’ कोरोना संक्रमणको त्रासका कारण लकडाउन भएपछि प्रदर्शन भइरहेका बेला रोकिएको थियो ।
सोही फिल्म आजबाट पुनः प्रदर्शनमा आएको छ । फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौलालगायतका कलाकारहरुको अभिनय छ । फिल्मको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।
फिल्मलाई निकेश खड्काले निर्देशित गरेका हुन् भने फिल्मको निर्माता अर्जुन कुमार हुन् ।
प्रतिक्रिया दिनुहोस्