१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एशियाली विमान कम्पनीद्वारा ताइवानमा उडान रद्द


8.944k
Shares

काठमाडौं । चीनले ताइवानी सीमा नजिक सैन्य अभ्यास सुरु गरेपछि एशियाली विमान कम्पनीहरुले उक्त क्षेत्र भएर हुने उडानहरु रद्द गरेका छन् ।

कतिपयले भने वैकल्पिक रुटबाट उडान गरेका छन् । बिहिबारदेखि सैन्य अभ्यास सुरु गरेको चीनले ताइवान आसपासको समुद्री र उडान क्षेत्रलाई खतराको सूचीमा राख्दै उक्त रुटमा प्रवेश नगर्न विमान र पानी जहाजहरुलाई चेतावनी दिएको थियो । दक्षिण कोरियाले उक्त रुट हुँदै हुने शुक्रबार र शनिबारका सबै उडानहरु रद्द गरेको छ ।

आइतबार पनि ताइपेइका लागि हुने उडानको तालिकापछि सारिएको छ । सिंगापुर एयरलाइन्सले पनि ताइपेइका चार वटा उडान रद्द गरेको छ । जापान एयरलाइन्सले भने वैकल्पिक रुट हुँदै ताइपेइ, हङकङ र दक्षिण पूर्वी एशियामा उडान जारी राखेको छ । त्यस्तै हङकङको क्याथे प्यासिफिक एयरवेजले पनि ताइवान तर्फका उडानमा सैन्य अभ्यास क्षेत्र छलेको बताएको छ ।

फिलिपिन्स एयरलाइन्स, चाइना एयर, र ताइवानी एयरलगायत पार्सल कम्पनीका एयरवेजहरुले भने शुक्रबार पनि उडान जारी राखेका छन् ।