१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


इजरायली विद्रोहीको आक्रमणमा प्यालेस्टाइनी लडाकुका शीर्ष कमाण्डरसहित १० जनाको मृत्यु

आक्रमणको बदला लिने प्यालेस्टाइनी विद्रोहीको चेतावनी

663
Shares

काठमाडौं । इजरायली हवाई आक्रमणमा गाजापट्टीमा प्यालेस्टाइनी लडाकु समूहका शीर्ष कमाण्डरसहित १० जनाको मृत्यु भएको छ ।

स्थानीय स्वास्थ्य अधिकारीहरुलाई उदृत गर्दै मृतक मध्ये एक युवतीसहित दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ । इजरायलका प्रधानमन्त्रीले प्यालेस्टानी इस्लामिक जिहाद (पीआईजे) द्वारा यस हप्ताको सुरुमा आफ्ना एक सदस्यलाई पक्राउ गरेसँगै यो कारबाही तत्कालका लागि खतरा भएको बताउनुभयो ।

पीआईजेले प्रारम्भिक प्रक्रिक्रियामा इजरायलमा १ सय भन्दा बढी रकेटहरु प्रहार गरेको थियो । इजरायली सेनाका प्रवक्ताले भने सोही आक्रमणमा १५ जना लडाकुकाे मृत्यु भएकाे दावी गरेका छन् । पीआईजेका महासचिव जियाद अल नखालाले याे आक्रमको जवाफ चाँडै नै दिने चेतावनी दिएका छन् ।

यसैबीच गाजा क्षेत्रमा सशस्त्र गतिविधि सञ्चालन गरिरहेको सशस्त्र समूहले आफूहरु पनि चुप लागेर नबस्ने प्रतिक्रिया दिएको छ । सोही समूहले हमलाको बदलामा चाँडै नै आफ्नो प्रतिक्रिया सार्वजनिक गर्ने बताएको छ ।