१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात


247
Shares

काठमाडौं । आर्सनलले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ ।

शुक्रबार राति भएको नयाँ सिजनको पहिलो खेलमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो ।

खेलको २० औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यसपछि, ८५ औं मिनेटमा मार्क गुएहिले आत्मघाती गोल गरेपछि आर्सनल २–० ले विजयी भयो ।

जितसँगै आर्सनलले पहिलो खेलमै ३ अंक जोडेको छ ।