२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी नारायणकाजीलाई


936
Shares

politics kp oli

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार राति पाँच दिने भ्रमणका लागि जापान प्रस्थान गर्नु भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिइएको हो ।

श्रेष्ठले २४ गतेसम्म कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

प्रचण्ड २५ गते स्वदेश फर्किनुहुनेछ ।