२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दीपिका पादुकोण भन्छिन् , ‘डिप्रेसनका दिनहरूमा आत्महत्या गर्ने सोच्थें’


1.755k
Shares

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणले हालै एक अन्तर्वार्तामा मानसिक स्वास्थ्यको बारेमा कुरा गरेकी छन् । उनले केही वर्षअघि आफू डिप्रेसनसँग जुधिरहेको र उक्त समयमा आफूले आत्महत्या समेत गर्न मन लागेको बताएकी छन् ।

दीपिका भन्छिन्, ‘मलाई बिना कारण रिस उठ्ने गर्थ्यो । त्यतिबेला मलाई आत्महत्या गर्ने सोच आउँथ्यो ।’ उनी अगाडी भन्छिन् ‘मेरा आमाबुवा बैंगलोरमा बस्नुहुन्थ्यो । उहाँहरू मलाई भेट्न आउनुहुन्थ्यो, म सधैं उहाँहरूका अगाडि आफूलाई बलियो देखाउने गर्थें । किनभने म उहाँहरूलाई म ठिक छु र मैले राम्रो गरिरहेको छु भनेर देखाउन चाहन्थें । तर, एक दिन जब मेरा आमाबाबु बैंगलोर फर्कदै थिए, म अचानक रुन थाले ।’

दीपिकाले थप भनिन्, ‘त्यसपछि मेरी आमाले मलाई सामान्य रूपमा सोध्नुभयो कि प्रेमीको कारण केही भएको हो ? मसँग यी प्रश्नहरूको कुनै जवाफ थिएन किनभने यस्तो केहि भएको थिएन, म भित्र भित्र एक्लो महसुस गरिरहेको थिए । त्यतिकैमा आमाले म डिप्रेसनमा छु भनेर बुझ्नुभयो।’

आफू डिप्रेसनबाट पीडित हुँदा आफ्नी आमाको साथले धेरै सहयोग भएको र डिप्रेसनबाट बाहिर आउनुमा पूर्ण श्रेय आफ्नी आमालाई नै दिने दीपिकाले बताएकी छन् ।

दीपिका लामो समयदेखि डिप्रेसनसँग संघर्ष गरिरहेकी थिइन् । उनले सन् २०१५ मा यो रोगको खुलासा गरेकी थिइन् । दीपिकाले सन् २०१८ मा रणवीर सिंहसँग विवाह गरेकी छन् ।