६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरूवात


169
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले विजयी सुरूवात गरेको छ ।

आइतबार राति वेस्ट ह्याम युनाइटेडलाई उसैको मैदानमा २-० गोलले पराजित गर्दै सिटीले सुखद सुरूवात गरेको हो ।सिटीको जितमा दुवै गोल एर्लिङ हालाण्डले गरेकाे थिए । खेलको ३६ औं मिनेटमा हालाण्डले पेनाल्टिबाट गोलगर्दै सिटीलाई सुरूवाती अग्रता दिलाएका हुन् ।

प्रिमियर लिगको डेब्यू खेलमै उनले सिटीका लागि गोल गरेका हुन् । खेलको ६५ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-० को जित दिलाएका थिए ।

यसैगरी अर्को खेलमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग २-१ गोलअन्तरले पराजित हुँदा लेस्टर सिटी र बेन्टफोर्डले २-२ को बराबरी खेलेका छन् । यसैगरी इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड ब्राइटोनसँग २-१ गोल अन्तरले पराजित भएको छ ।

ओल्ड ट्राफोर्ड सम्पन्न खेलमा घरेलु टोली युनाइटेड सिजनको आफ्नो पहिलो खेलमा भएको हो । ब्राइटोनको जितमा पास्कल ग्रोबले दोहोरो गोल गरेका थिए । खेलको ३० औं मिनेटमा अग्रता दिलाएका उनले ३९ औं मिनेटमा दोस्रो गोल थप्दा घरेलु टोली युनाइटेड पहिलो हाफ्मा २ गोललेपछि परेकाे हाे ।

एलेक्सिस म्याक अलिस्टरले ६८ औं मिनेटमा आत्मघाती गोल गरेपछि युनाइटेडले खाता त खोलेकाे थियाे । तर यो खेलमा फर्कन भने पर्याप्त हुन सकेन । आइतबार नै सम्पन्न अर्को खेलमा लेस्टर सिटी र ब्रेन्टफोर्ड २-२ गोलको बराबरीमा रोकिएका छन् ।