
काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले बाराको परवानीपुर र सिमरामा नयाँ शाखा विस्तार गरेको छ ।
कम्पनीले रवानीपुर राजमार्ग छेउको निराधान माइक्रोफाइनेन्स नजिक र सिमरा बिजनेस सेन्टरको पहिलो तलामा आफ्ना शाखा विस्तार गरेको छ ।
शाखा विस्तारसँगै त्यस क्षेत्रका सर्वसाधारण उच्च गतिको इन्टरनेट सेवाबाट लाभान्वित हुने कम्पनीको विश्वास छ ।
दुई स्थानमा नयाँ शाखा खोलेसँगै कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिनासम्मको फ्री ओपेनिङ अफर उपलब्ध गराएको छ ।
यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाइफाइ डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप–बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् । यो सुविधा भने कम्पनीले सीमित अवधिको लागि ल्याइएको हो ।
प्रतिक्रिया दिनुहोस्