१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आज विश्व आदिवासी दिवस मनाइँदै


156
Shares

काठमाडौं । आज मंगलबार विश्व आदिवासी जनजाति दिवस । नेपाललगायत विश्वभर आदिवासी जनजातिको पहिचान र अधिकारका लागि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

दिवसकै अवसरमा आज कतिपय जिल्लाका स्थानीय तहहरुले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

तनहुँका ६ वटा स्थानीय तहले मंगलबार सार्वजनिक बिदा दिएका हुन । शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् ।

आदिवासी जनजाति सम्वद्ध विभिन्न संघ संगठनहरुले यो दिवस मनाउने गर्दछन् ।