
काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद अन्जना विशंखेले हरुवाचरुवा र कमलरीहरूको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद विशंखेले संविधानले उनीहरूको जमिनको सुनिश्चितता गरे पनि त्यस अनुसारको व्यवस्था सरकारले अझै नगरेकोमा आक्रोश व्यक्त गर्नुभयो ।
सांसद विशंखेले उनीहरूको पुनस्र्थापनाको व्यवस्था गर्न ढिलाई नगर्न समेत सरकारलाई सचेत गराउनुभयो ।
‘नेपालको संविधानको धारा ४० अन्तरगत भूमि र जमिनको व्यवस्था सुनिश्चित गर्ने भन्दाभन्दै पनि तराईमा हरुवाचरुवा र मधेशमा हलियाको समस्या अझै समाधान भएको छैन,’ उहाँले भन्नुभयो, ‘समस्या समाधानका लागि गठित समितिहरूले अझै काम गर्न सकेको छैन, समस्या समाधान होस् ।’
प्रतिक्रिया दिनुहोस्