
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा दुर्घटना भएकी जानकी थापा मगरलाई नेपाल ल्याइएको छ ।
दुर्घटनामा परेर अपाङ्गता भएकी उनलाई मंगलबार स्वदेश फर्काइएको हो । विगत सात वर्षदेखि दुबईको एक घरमा कार्यरत मगर दुर्घटनामा परेकी थिइन् ।
कोमामा रहेकी मगरले स्वास्थ्यमा सुधार आएसँगै स्वदेश फकाइदिन दूतावासलाई आग्रह गर्दा पनि नटेरेपछि आफूले फर्काएको व्यवसायी दुर्गा प्रसाईंले बताउनुभयो ।
उनीसँगै दुबइस्थित एक घरको छतमा वर्षौंदेखि दिनरात गुजार्न बाध्य १० जना युवाहरूलाई स्वदेश फर्काउन पहल भइरहेको उहाँको व्यसायी प्रसाईंको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्