१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरको टोली नर्भिक अस्पतालमा, संरचना हटाउन थप समय दिने सहमति


4.641k
Shares

काठमाडौं । नर्भिक अस्पतालले अवैधानिक रूपमा बनाएको भवन हटाउन काठमाडौं महानगरको टोली मेयर बालेन्द्र साहको नेतृत्वमा नर्भिक अस्पतालमा पुगेको छ ।

अस्पताल पुगेको महानगरको टोलीले अहिले अस्पताल प्रशासनसँग छलफल गरिरहेको छ । छलफलमा महानगरको टोलीले प्राविधिकहरूको निरीक्षणपछि आवश्यक समय दिने सहमति जुटेको छ ।

महानगर र अस्पतालको प्राविधिकहरूले संयुक्त रूपमा निरीक्षण गरेपछि संरचना हटाउन वा नक्सा पास गर्नका लागि समय दिने सहमति भएको छ ।

सरकारको भाडामा दिएको जग्गामा अहिले क्यान्टिन, अक्सिजन प्लान्ट, एमआरआई मेसिन भएको र उक्त संरचना तत्काल हटाउँदा बिरामीलाई समेत समस्या पर्ने देखिएकाले समय थप गर्न माग गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

सोमबार महानगरले क्यान्टिनको जग्गामा अनाधिकृत रूपमा प्रयोग गरिएको भन्दै २४ घण्टामा हटाउन निर्देशन दिएको थियो ।