१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दिउँसाे र राति देशका केही स्थानमा भारी वर्षा हुने


429
Shares

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ ।

आज (बुधबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, प्रदेश-१, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

बुधबार राति भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सूदूरपश्चिम प्रदेशमा सामान्य बदली हुने भएको छ । साथै बाँकी भू-भागमा भने आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बागमती र गण्डकी प्रदेश र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै, बागमती प्रदेश, गण्डकी प्रदेश र सूदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।