
काठमाडौं । क्रिप्टोकरेन्सीमा लगानी गरेको आरोपमा पक्राउ परेका व्यवसायी अमित श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ ।
जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले मंगलबार श्रेष्ठलाई थुनामा पठाएको हो ।
क्यानडामा बसेर क्रिप्टो करेन्सीमा लगानी गर्ने गरेका श्रेष्ठलाई गत असार २९ गते श्रेष्ठलाई काठमाडौंको पानीपोखरीस्थित घरबाट पक्राउ गरिएको थियो । श्रेष्ठको घरबाट बरामद भएका मोबाइल र ल्यापटपको अनुसन्धानबाट उनको अष्ट्रेलियाको कमनवेल्थ बैंकमा रहेको खातामा एक लाख ९४ हजार डलर पाइएको थियो ।
यस्तै, रोयल बैंक अफ क्यानडामा १८ लाख ७४ हजार डलर फेला परेको थियो भने रोयल बैंकबाटै क्रिप्टो कारोबार भएको खुलेको प्रहरीको दाबी छ ।
यस्तै, एभरेष्ट बैंकमा दुई करोड ६ लाख, एनआइसी एसिया बैंकमा ६५ लाख २४ हजार र नबिल बैंकमा ६५ लाख रुपैयाँ र ६७ हजार अमेरिकी डलर भेटिएको थियो । कलंकी, लाजिम्पाट र पानीपोखरीका अपार्टमेन्टमा चार लाख ३९ हजार डलर बराबरको लगानी रहेको पनि खुलेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्