
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले २६ खेलाडीलाई प्रशिक्षणमा डाक्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेका छन् ।
अलमुताइरीले आगामी भदौ २५ गतेबाट प्रशिक्षण सुरु गर्ने र त्यसका लागि आवश्यक प्रबन्ध मिलाइदिन महासचिव किरण राईमार्फत एन्फासँग आग्रह गरेको बुझिएको छ ।
अलमुताइरीले जेठमा कुवेतमा एसियन कप छनोट खेल्दाका २० खेलाडी र थप ६ जना गरि २६ खेलाडीलाई प्रशिक्षणमा बोलाउन चाहेका छन् ।
अलमुताइरीले अष्ट्रेलियामै रहेका जगजित श्रेष्ठ, आफैंले वैशाखमा क्याम्पबाट निकालेका अन्जन विष्ट र तेज तामाङसहित दिनेश हेम्जन र मनिष मगरलाई प्रशिक्षणमा बोलाउन आग्रह गरेका छन् ।
कुवेतमा एसियन कप छनोट खेलेपछि बिदा लिएका अलमुताइरी विगत ३ महिनादेखि उतै बस्दै आएका छन् । यसबीचमा एन्फामा नयाँ कार्यसमिति आएको छ । वर्तमान कार्यसमितिले अलमुताइरीलाई प्रशिक्षकमा निरन्तरता दिने वा नदिने विषयमा केही निर्णय गर्न सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस्