
काठमाडौं । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ७० वर्षमाथिका ज्येष्ठ नागरिकले दशैं भत्ता १० हजार रुपैयाँ पाउने भएका छन् ।
ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुशी मनाउन पाउन भन्ने उदेश्यले महानगरपालिकाले उक्त काम अघि बढाएको हो । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले यसअघि जेष्ठ नागरिकलाई दशै आसपास पारेर ५ हजार रुपैयाँ अतिरिक्त सुविधा अन्तर्गत दिने गरेकोमा यसपटक भने बढाएर १० हजार पुर्याइएको ईमेजखबरसँग बताउनुभयो । उहाँका अनुसार महानगरको बोर्ड बैठकलेनै निर्णय गरेबमोजिम यो सुविधा उपलब्ध गराउन लागिएको हो । त्यसका लागि बजेटको समेत व्यवस्था भैसकेको मेयर महर्जनको भनाई छ । महानगरपालिकामा लगभग ७ हजार ज्येष्ठ नागरिक भएकाे महानगरपालिकाले जनाएकाे छ ।
यसैगरी आफूहरूले ‘ज्येष्ठ नागरिकसँग महानगरपालिका’ कार्यक्रमअन्तर्गत कार्यविधि बनाएर उक्त किसिमका व्यक्ति बिरामी पर्दा उनीहरूको सेवा र रेखदेखमा खटिने मानिस अभाव भएको जानकारी पाएमा मेडिकल समूह गठन गरी घर–घरमा उपचारका लागि पठाउने विषयतर्फ पनि ध्यान दिने महानगरपालिकाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्