
Web Pic
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा बुधबार बेलुकी ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।
भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले पैदल हिडिरहेका अन्दाजी २४ वर्षीय युवकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्