१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दोलखामा पहिरोले पुर्‍यो आधा दर्जन घर

पहिरो खस्ने क्रम जारी रहँदा खिलिखिम बजार नै जोखिममा

468
Shares

काठमाडौं । दोलखाको विगु गाउँपालिका–४ मा अविरल वर्षापछि आएको पहिरोले केही घर पुरेको छ ।

बुधबार राति परेको भीषण वर्षापछि आएको पहिरोले खिलिखिम बजारका आधा दर्जन घर पुरेको जनाइएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले उक्त बजारको बस्ती नै जोखिममा परेको छ ।

पहिरोले घर पुरेकाहरुको उद्धार तथा पुनस्थापनाका लागि प्रहरी, स्थानीय वासिन्दा र स्थानीय जनप्रतिनिधिहरु खटिएका छन् । घरहरु पूर्ण रुपमा पुरिएकाले घरहरुबाट सामान झिक्न मुस्किल भएको बताइएको छ ।

पहिराले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।