
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकास्थित छथर अस्पतालमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, मधुमेह तथा उच्च रक्तचापको निशुल्क जाँच सेवा सुरू भएको छ ।
बुधबार एक कार्यक्रमका बीच साप्ताहिक स्क्रिनिङ जाँच सेवा सुरू भएको हो ।
जिल्ला अस्पतालबाट मात्रै जाँच हुँदै आएको सेवा दोश्रो सेवाको रुपमा छथर अस्पतालले सुरू गरेको छथर गाउँपालिका अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो ।
छथर अस्पतालले निःशुल्क जाँच सुरु गरेपछि गाउँपालिकाका महिला पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङका लागि अन्यत्र जानु पर्ने बाध्यता हटेको छ ।
स्वास्थ्य शाखा छथरका अनुसार हरेक बुधबार निःशुल्क रुपमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, मधुमेह तथा उच्चरक्तचापको निःशुल्क जाँच हुने भएको हो ।
प्रतिक्रिया दिनुहोस्